काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दोस्रो खेलमा चितवनले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेमा १ विकेटको क्षतिमा ४६ रन बनाएको छ। टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। विराटनगरको लागि ओपनर ब्याटर लोकेश बम र इम्रान शेखले विराटनगरको लागि राम्रो सुरुवात गरेका थिए। पहिलो विकेटको लागि लोकेशले इम्रानसँग ४० रनको साझेदारी बनाएका थिए। लोकेशले १४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। अर्का ओपन