तिलगंगाबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

  • मङगलबार ११ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : काठमाडौंको तिलगंगाबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार नगदसहित उनीहरूलाई तिलगंगाको एक गेस्टहाउसबाट पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा सिरहाको कल्याणपुर नगरपालिका–२ का २० वर्षीय भरोस मुखिया, सोही ठाउँका २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय मोहम्मद सजाबुल रहेका छन्।