श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीमाथि टिप्पणी गर्दै राईले सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा सरकारको कामको मूल्याङ्कन गर्न नहुने बताएका हुन् । उनले सरकारका वास्तविक उपलब्धि र परिणामका आधारमा कामको मूल्याङ्कन गर्नुपर्नेमा