एनपीएल :पावर प्लेमा विराटनगरको ४६ रन, एक विकेट गुमायो

  • मङगलबार ११ कात्िक २०८३ ०३:१२ PM
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्सले पावर प्लेमा ४६ रन जोडेको छ।  विराटनगरले पावर प्लेमा एक विकेट गुमाएको छ। यसअघि चितवन राइनोजले आफ्नो इनिङ्सको पावर प्लेमा कुनै विकेट नगुमाई ५० रन जोडेको थियो। विराटनगरका ओपनर लोकेश बम १३ बलमा एक छक्का र तीन चौकाको मद्दतमा २६ रन बनाएर आउट भए। उनलाई चितवनका रञ्जीत कुमारले आउट गरेका हुन्।