काठमाडौं । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा दुई लाख चार हजार २४८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट दुई लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार, २०८३ असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जान ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ ... The post वैदेशिक रोजगारीमा जाने बढे, असोजमा साढे ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति appeared first on Kalika Khabar.