चालकले सडकमै छाडे २० लाखको स्कार्पियो, भन्सारमा बुझाइयो

  • मङगलबार ११ कात्िक २०८३ ०३:०१ PM
विराटनगर :  विराटनगरमा भारतीय नम्बर प्लेटको करिब २० लाख रुपैयाँ मूल्य पर्ने स्कार्पियो गाडी चालकले छाडेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारमा सोमबार उक्त गाडी फेला परेको हो। दक्षिणबाट उत्तरतर्फ आइरहेको गाडीलाई प्रहरीले रोक्न खोजेपछि चालक गाडी छाडेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक डम्बर गिरीको कमान्डमा खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको हो। सेतो रङको महिन्द्रा स्कार्पियोमा भारतीय नम्बर प्लेट बीआ