लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो कारणसहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।