कौशलटारमा बसमा आगलागी भएको होइन,वायरिङ सर्ट भएर धुवाँ निस्केको हो: प्रहरी

  • मङगलबार ११ कात्िक २०८३ ०१:०१ PM
भक्तपुर :काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा ३ ख ९६६३ नम्बरको यात्रुवाहक बसबाट अचानक धुँवाको मुस्लो निस्किएपछि यात्रुको उद्धार गरिएको छ । बिहान करिब ११ बजेको समयमा ७ नम्बर रुटमा चल्ने सो बसबाट निस्केको धुवाँले कौशलटार चोक पुरै ढाकिएको थियो। धूवाँको मुस्लो देखेपछि बसमा आगलागी भएको आशंका गरिएको थियो।बसको वायरिङ सर्ट भएर धुवाँ निस्किएको भएपनि बसमा आगलागी भने नभएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी पूर्णेश्वर कुशवाहाले बताएका छन् ।बसमा ५० बढी यात्रु सवार थिए । उनीहरूलाई उद्धार गरी गन्तव्य तर्फ पठाइएको