काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन्। चितवन राइनोजले आफ्नो कप्तानको रुपमा रवि बोपारालाई नियुक्त गरेको छ। टसको समयमा चितवनका लागि उनी टसमा उपस्थित भएका हुन्। सोमबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो।