चितवन : जिल्लाको इच्छाकामना गाउँपालिका–०४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।मंगलबार बिहान १० बजेतिर काठमाडौंमाबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो ।बस अनियन्त्रित भइ काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा