काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै नेपाल टेलिकमले ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याएको यस प्याकेजमा दैनिक ८ जीबी डेटा र अलनेट भ्वाइस कल सुविधा उपलब्ध गराइएको छ । नेपाल टेलिकमका प्रिपेड र पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा उक्त प्याकेज