काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लूला दा सिल्भाले जित हासिल गरे पनि मतगणना प्रक्रियामाथि प्रश्न उठाएका छन् । ट्रम्पले लुला आफूलाई मन पर्ने र उनीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए । तर, चुनाव धाँधलीयुक्त देखिएको उनले आरोप लगाए । सोमबार पत्रकारसँग उनले आफूले कुनै उमेदवारको पक्ष नलिएको जिकिर गरे । ब्राजिलको चुनाव अर्को धाँधलीयुक्त निर्वाचनजस्तो देखिएको उनले बताए । उनले मतगणना र मतदानको समयसीमा बढाइएको विषयलाई ‘असामान्य’ भने । निर्वाचन प्रक्रिया आफूलाई नराम्रो लागेको उनले बताए । ट्रम्पले आफू ब्राजिलको नभई अमेरिकाको हितमा केन्द्रित रहेको उल्लेख गरे । ... The post ब्राजिलको चुनावबारे ट्रम्पले भने– लूला मन पर्छन्, तर चुनाव धाँधलीयुक्त देखियो appeared first on Kalika Khabar.