डीडीसीको कालो धुलोले घरदेखि जनस्वास्थ्यसम्म असर, प्रदूषण नियन्त्रणमा छैन चासो

  • मङगलबार ११ कात्िक २०८३ १२:०१ PM
विराटनगर : विराटनगरको दुग्ध विकास संस्थान (डीडीसी)को दुग्ध वितरण आयोजना आसपासका बासिन्दाका लागि घरको आँगन र कोठाभित्रै कालो धुलो जम्नु दैनिक जीवनको समस्या बनेको छ।दूध उमाल्न भुस बाल्दा निस्कने कालो धुलो र मसिना कण बस्तीभरि फैलिने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार घर सफा गरेको केही समयमै फेरि धुलो जम्ने गरेको छ। विराटनगर महानगरपालिका–३ र ४ का बासिन्दाले डीडीसीबाट निस्कने धुलोका कारण घरभित्रै बस्नसमेत असहज हुन थालेको बताए। घरका भित्ता, झ्याल, छत र आँगनमा कालो कण जम्नेमात्र नभएर बाहि