नेपाल कृषिप्रधान देश हो’, विद्यालय जीवनमा हामीले पढेको यो वाक्य आज पनि उत्तिकै प्रचलित छ। तर, देशको कृषि अवस्था हेर्दा प्रश्न उठ्छ– के हामी साँच्चै कृषिप्रधान छौं ? यदि थियौं भने कृषि उत्पादनका लागि आवश्यक मलदेखि खाद्यान्नसम्म आयातमा यति धेरै निर्भर हुनुपर्ने थिएन होला।देश कृषिप्रधान हुनु र कृषिमा आत्मनिर्भर हुनु फरक कुरा हुन्। नेपालमा कृषि पेसामा आबद्ध मानिस छन्, खेतीयोग्य जमिन छ, पशुपालनको परम्परा छ। तर, यी स्रोत र सम्भावनालाई उत्पादनसँग जोड्ने नीति, प्रविधि र व्यवस्थापनको अभाव खडक