काठमाण्डु- नेपाल र दक्षिणी छिमेकी भारतका सुरक्षा अधिकारीहरूको उच्चस्तरीय समन्वय बैठक बुधबारदेखि काठमाण्डुमा सुरू हुँदैछ। यो बैठकमा दुई देशबीचको खुला सिमानाबाट भइरहेका आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध तस्करी रोकथाम, मानव बेचबिखन नियन्त्रण र तेस्रो मुलुकका नागरिकको आवागमन निगरानीलगायतबारेमा छलफल हुने एजेन्डा छ। यो बैठक नेपालबाट सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को आयोजनामा