दशैं, तिहार, नेपाल संवत्, छठपर्वलगायत नेपालीहरूका महान् चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र व्यापक सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याइएको छ । कार्यक्रममा सहभागी एनआरएनएका अभियन्ता तथा नेतृत्व तहका व्यक्तित्वहरूले संस्थालाई बलियो बनाउन, गुमेको साख पुनः स्थापित गर्न र साझा एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबीच एकता अपरिहार्य रहेको