विराटनगर : मोरङको जहदामा सिटी सफारी प्रयोग गरी गाँजा ओसारपसार गर्दै गरेका चालक पक्राउ परेका छन्।सशस्त्र प्रहरीले सोमबार साँझ सफारीबाट २८ किलो ४५० ग्राम गाँजा र एक कार्टुन अर्ना बियर बरामद गरेको छ। जहदा गाउँपालिका–७ स्थित झोलुंगे पुलमा सशस्त्र प्रहरी बल नेपाल, बीओपी तारिगामाको टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक प्रयोजन घिमिरेको नेतृत्वमा खटिएको टोलीले लक्ष्मीनियाबाट झोलुंगे पुलतर्फ आउँदै गरेको को १–०२–००३ ह ६४९६ नम्