काठमाडौं । सर्बियामा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ । प्रारम्भिक मतगणनाअनुसार सूचीले ५२.७१ प्रतिशत मत र २५० सदस्यीय सदनमा १४० सिट जित्ने देखिएको छ । राष्ट्रपति पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अलेक्जेन्डर वुचिचको समर्थनमा रहेको ‘युनाइटेड सर्बिया’ सूचीले ३९.१७ प्रतिशत मतसहित १०४ सिट पाउने प्रारम्भिक परिणाम छ । लगभग दुई वर्षअघि रेलवे स्टेसनको छत खस्दा १६ जनाको मृत्यु भएपछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ । भ्रष्टाचार र सरकारी जवाफदेहिताको माग गर्दै सुरु भएको आन्दोलन अन्ततः निर्वाचनमार्फत सत्तारूढ राजनीतिक शक्तिलाई पराजित गर्ने ... The post सर्बियामा विद्यार्थी आन्दोलनको ऐतिहासिक जित, वुचिच समर्थित सत्ता पराजित appeared first on Kalika Khabar.