बुढीगण्डकी बाढीमा बेपत्ता भएकाहरू अझै फेला परेनन्

  • मङगलबार ११ कात्िक २०८३ १०:०० AM
गोरखा : असोज २५ गतेको बुढीगण्डकी बाढीमा परी हराइरहेका ६ जना अहिलेसम्म फेला परेका छैनन्। बुढीगण्डकी बाढीको उद्गमस्थल उङ्गिलुङको हिमपहिरोमा पुरिएका पाँचजना र चुमनुब्री— ३ एक्लेभट्टीबाट बेपत्ता भएका एक जना दुई सातासम्म नभेटिएका हुन्।सेराङ्गी हिमाल र चामर हिमालको बीचमा अवस्थित धुम्बाखाप्के (होजाङ)बाट झरेको हिमपहिरोपछि आएको बाढीमा परी चुमनुब्री—६ चुम्चेत गाउँका पाँच जना बेपत्ता छन्। फिलिमबाट ड्याङतर्फ जाँदै गरेका लाप्राकका एकजना एक्लेभट्टीबाट बेपत्ता छन्।उङ्गिलुङको गोठमा बस्दै आएका भोम अज