काठमाडौं : वेबसाइट तथा वेब एप्लिकेसन विकासमा प्रयोग हुने प्रोग्रामिङ भाषा ‘पीएचपी’मा गम्भीर सुरक्षा जोखिम देखिएपछि बन्द गरिएका नेपालका सरकारी तथा निजी क्षेत्रका वेबसाइट र अनलाइन प्रणालीहरू अझै सुरु भएका छैनन्।अन्तर्राष्ट्रिय स्तरमै देखिएको यस प्राविधिक चुनौतीका कारण सम्भावित साइबर आक्रमण र डाटा चोरीको जोखिम न्यूनीकरण गर्न नेपालका हजारौं वेबसाइटहरूको सार्वजनिक पहुँच अस्थायी रूपमा बन्द गरिएको थियो।हालसम्म नेपालका कुनै पनि सरकारी वा सार्वजनिक प्रणालीमा ठूलो साइबर आक्रमण भइसकेको आधिकारिक