काठमाडौं । सशस्त्र प्रहरी बलले मंगलबामर राति काठमाडौंबाट १२० ग्राम ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नं. ६ बाट पाँचथर जिल्ला फालेलुङ– ५ बस्ने ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राईलाई बेचबिखन गरिएको अवस्थामा लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो