चीनमा जलवायु न्यायको मुद्दा उठाएर स्वदेश फर्किइन् विद्यादेवी भण्डारी

  • मङगलबार ११ कात्िक २०८३ ०९:०० AM
काठमाडौं :पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन्। चीनको हेबेई प्रान्तस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर उनी स्वदेश फर्किएकी हुन्। चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको फोरमलाई भण्डारीले सम्बोधन गरेकी थिइन्। फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी थिए।फोरममा बदलि