काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)ले स्वदेशी ब्रान्ड प्रवद्र्धनमात्र गरेको छैन, अर्थतन्त्रलाई पनि बलियो भर दिएको छ।प्रतियोगिता तेस्रो संस्करणसम्म आइपुग्दा एक सिजनमा करिब डेढ अर्ब रुपैयाँको कारोबार हुने प्रक्षेपणले पर्यटन, रोजगारी, ब्रान्ड प्रवद्र्धन र लगानी विस्तारको सम्भावना देखाएको छ। तर, बजारमा पैसा घुमाउनु र मुलुकको उत्पादन क्षमता बढाउनु एउटै कुरा नरहेको विज्ञहरू बताउँछन्। युवा अर्थशास्त्री निशान्त खनाल एनपीएलले विशेषगरी स्थानीय ब्रान्ड प्रवद्र्धन, पर्यटन र बजारमा नगद प्रवाह बढाउन स