उडान रद्द हुँदा नेपाली स्वदेश फर्किन पाएनन्, टिकटमै एक लाखसम्मको मार

  • मङगलबार ११ कात्िक २०८३ ०९:०० AM
साउदी: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्।रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द हुँदा यात्रुहरू बढी प्रभावित भएका छन्। दमाम र जेद्दाबाट भने केही उडान आंशिक रूपमा सञ्चालन भइरहेका छन्। अन्य एयरलाइन्सले पनि आवश्यकता र उपलब्धताअन