काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदै छ । आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् । विराटनगर र चितवनबीचको खेल दिउँसो १२ः३० बजे हुनेछ भने कर्णाली र जनकपुरबीचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । हिजोदेखि सुरु भएको प्रिमियर लिगको पहिलो खेलमा लुम्बिनी लायन्सले ७ विकेटको जित निकाल्दा सुदूरपश्चिम स्तब्ध बनेको थियो । The post एनपीएलमा आज २ खेल : चितवन र विराटनगर तथा जनकपुर र कर्णाली भिड्दै appeared first on Kalika Khabar.