खोटाङ : काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । मृतक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राई रहेका छन् ।जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका-१४ लेखानीस्थित सुनकोशी नदीमा फेला परेको थियो। राईको शव सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा फेला परे