काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो करिब एक वर्षको निर्वासनपछि स्वदेश फर्किएकी छन् । उनले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्न तयार रहेको बताएकी छन् ।माचाडोको स्वदेश फिर्तीपछि राजधानी कराकासमा समर्थकहरूले भेनेजुएलाको झण्डा फहराउँदै र ‘स्वतन्त्रता’को नारा लगाएर स्वागत गरेका थिए । उनी समर्थकहरूको भीडमा पुगेर अभिवादनसमेत गरेकी थिइन् ।माचाडोले सोमबार अन्तरिम राष्ट्रपति रोड्रिगेजसँग वार्ता गर्न आफू तयार रहेको सन्देश