राजकुमार यादव, रौतहट । बाराको आदर्श कोतवाल गाउँपालिका–६, हरनहियामा ‘लाइफ केयर एन्ड पेन हस्पिटल’ सञ्चालनमा आएको छ। सोमबार आयोजित उद्घाटन समारोहमा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। अस्पताल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई आफ्नै क्षेत्रबाट स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर थपिएको छ। उद्घाटन समारोहमा पूर्वस्वास्थ्य मन्त्री बंशीधर मिश्र र रामकृपाल यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता अस्पतालका सञ्चालक डा. सञ्जय यादवले गरेका थिए। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मीरा देवी तथा वडा नम्बर १ देखि ८ सम्मका वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच ... The post बाराको आदर्श कोतवालमा ‘लाइफ केयर एन्ड पेन हस्पिटल’ सञ्चालनमा appeared first on Kalika Khabar.