ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

  • सोमबार १० कात्िक २०८३ ०४:१५ PM
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। बैंकले सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको यही विधाको अवार्ड प्राप्त गरेको थियो। थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए। ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, ... The post ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित appeared first on Kalika Khabar.