स्याङ्जा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने बताएका छन्। स्याङ्जा आउने क्रममा सोमबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफू कर्म गर्नका लागि आएको र सधैं सत्कर्म गर्ने बताएका हुन्। ‘चमत्कार नै गर्छु भनेको छैन। कर्म गर्न आएको हुँ। कर्म गर्छु,’उनले भने। थापाले नेता तथा कार्यकर्ताको आस्था र विश्वासले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। सभापतिमा निर्वाचित भएपछिको पहिलो