काठमाडौं : गुल्मीमा स्कारपियो हुँदा ६ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा सोमबार दिउँसो ४ बजेतिर स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट २५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा निता बगाले, स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पा