एनपीएल उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो

  • सोमबार १० कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको उद्धघाटन खेलमा साविक विजेता लुम्बिनीले जितसहितको सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको थियो। सुदूरपश्चिमले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो। लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४०