गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्कारपियो चालक स्याङ्जाको वालिङ