काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स १७.१ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो। सुदूरपश्चिमले पावरप्लेमा ४ विकेट गुमाउँदै ३८ रन बनाएको थियो। सुरुवातमा नै धरापमा परेको सुदूरपश्चिमको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए। सुदूरपश्चिमले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीको विकेट गुमाए