परराष्ट्र नीतिबारे राजेश हमालको टिप्पणी : छिमेकीसँगको मित्रता र सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी होइनन्

  • सोमबार १० कात्िक २०८३ १२:३९ PM
काठमाण्डु- अभिनेता राजेश हमालले अर्थमन्त्रीले दिएको अभिव्यक्तिले नेपालको दीर्घकालीन परराष्ट्र नीतिको आधारलाई कमजोर पार्न सक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । समसामयिक विषयमा विचार राख्दै आएका हमालले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र स्थापित सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् । कुनै पनि पदाधिकारीले व्यक्तिगत रुचि वा राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने