काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो । लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिमले तेस्रो संस्करणको सुरुवात भने निराशाजनक ब्याटिङबाट गरेको छ