इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल

  • सोमबार १० कात्िक २०८३ ०१:०२ PM
तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन्