काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन् । स्वदेश फर्किने क्रममा अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषय रहेको ग्लोबल गभर्नेन्स सम्मेलन २३–२५ अक्टोबरसम्म आयोजना भएको थियो ।