भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

  • सोमबार १० कात्िक २०८३ १२:१४ PM
बागमती । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीका अनुसार हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारबाट उक्त सामग्री बरामद गरिएको हो । कारको डिक्कीमा फल्स बटम बनाई लुकाइछिपाइ