नेपालको बहुप्रतीक्षित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तानले विपक्षी टोली सुदूरपश्चिम रोयल्सलाई शुरुवाती ब्याटिङको निम्तो दिँदै