नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी वृद्धि र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको क्रिकेट समर्थकहरूले बताएका छन् । एनपिएलको तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउनुका साथै नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्न सफल भएको उनीहरूको भनाइ छ । प्रतियोगितामा चर्चित विदेशी खेलाडीको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली