काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ रोजेको हो। लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन्।