जापानका पूर्वप्रधानमन्त्री फुकुडाको ९० वर्षको उमेरमा निधन

  • सोमबार १० कात्िक २०८३ ०४:०० PM
काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुडाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ।स्रोतका अनुसार, फुकुडाको गत बिहीबार मुटुको  हार्ट फेलियरका कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ।फुकुडा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए। आफ्नो सौम्य कुटनीतिक अडानका लागि परिचित फुकुडाले आफ्ना पूर्ववर्ती शिन्जो आबे