सुतिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

  • सोमबार १० कात्िक २०८३ ०४:०० PM
दोलखा : दोलखामा  मध्यरातमा घरभित्र सुतिरहेका एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गर्ने २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।तामाकोसी गाउँपालिका–६, भस्मेका ५२ वर्षीय सोमप्रसाद फुयाँलमाथि हतियार प्रहार गरेको आरोपमा तामाकोसी–५, भङ्गेरीका २२ वर्षीय दिनेश खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आइतबार राति ११ः५८ बजे फुयाँल आफ्नै घरको कोठामा सुतिरहेका थिए। सोही क्रममा खड्काले अचानक कोठाको ढोका खोलेर उनीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको हो।घटनापछि फरार भएक