के हो अमेरिका–क्यानाडा व्यापार विवाद ?

  • सोमबार १० कात्िक २०८३ ०२:३७ PM
वासिङ्टन । आयातित वस्तुमा कर लगाउने र त्यसको जवाफमा प्रतिशोधात्मक कर लागू गर्ने कदमले अमेरिका र क्यानाडाबीच व्यापार विवाद चर्किएको छ । गत अगस्टमा व्यापार वार्ता असफल भएपछि बढेको विवाद चाँडै समाधान हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । वार्ता असफल भएपछि ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा थप कर लगाएका थिए । त्यसबाट हक्कीका सामग्रीदेखि सिमेन्टसम्मका करिब २० अर्ब अमेरिकी डलर मूल्यका सामान प्रभावित भएका छन् । जवाफमा क्यानाडाले पनि समान मूल्यका अमेरिकी सामानलाई लक्षित गरी कर लगाएको थियो । त्यसपछि ट्रम्पले केही वस्तुमा ५० प्रतिशतसम्म कर लगाएर प्रतिकार गरेका थिए । दुवै देशका यी कदमले व्यापार तनाव थप बढाएको हो । कर लगाउनुको कारणबारे ट्रम्प के भन्छन्