काठमाडौं : आफ्नै दाइको हत्यापछि शोकमा डुबेको परिवारसँगै अन्त्येष्टिमा सहभागी भएका भाइ नै हत्याको अभियुक्त साबित भएका छन्। पाकिस्तानको पञ्जाब प्रान्तमा भएको यस घटनामा पैतृक सम्पत्तिमा भेदभाव गरिएको भन्दै भाइले नै दाइको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।अक्टोबर १७ को दिउँसो करिब १:३० बजे पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुजरातको एउटा गाउँमा बस्ने मोहम्मद सुफियानलाई साउदी अरेबियामा रहेको भनिएका उनका भाइ मोहम्मद बिलालको ह्वाट्सएप कल आयो। फोनमा बिलालले भने,‘तपाईं तुरुन्तै गुजरात सहर आउनुप