कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरबाट भन्सार छली भारतबाट नेपाल ल्याइँदै गरेका १० वटा भैँसीका पाडासहित दुई जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी सहायक निरीक्षक ओमप्रकाश पौडेलको कमाण्डमा खटिएको ५ जनाको टोलीले कृष्णनगर नगरपालिका–२ स्थित सिनेमाहल नजिकै चन्द्रौटा–कृष्णनगर सडकखण्डबाट पाडासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१२, सोनवर्षा निवासी करिब २७ वर्षीय मोहन यादव र २२ वर्षीय शिवकुमार यादव रहेका छन्। बरामद गरिएका १० वटा भैँसी