काठमाडौं : नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको असर पर्ने भएकाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पोस्ट मनसुनका बेला सामान्यतया राम्रो मौसम हुने भए पनि बङ्गालको खाडी र अरब सागरमा विकसित हुने न्यून चापीय क्षेत्र तथा चक्रवातले नेपालको मौसममा असर पार्ने देखिएको नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताइन्।उ