काठमाडौं :उदयपुरको कटारी नगरपालिका –०४,मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको कटारी अस्पतालमा भइरहेको छ।घाइतेमध्ये ७१ वर्षीय राम बहादुर मगरलाई थप उपचारको लागि विराटनगर पठाइएको छ। जिप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।