काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि त्रिवि क्रिकेट मैदान तयार भएको छ । प्रतियोगितालाई लक्षित गर्दै मैदानको स्तरोन्नति, प्यारापिट व्यवस्थापन, फ्लडलाइट जडान तथा अन्य आवश्यक तयारी पूरा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि मैदानलाई थप व्यवस्थित र आकर्षक बनाइएको